लिम्वुवान राष्ट्रिय मञ्चद्वारा गोष्ठी सम्पन्न

August 2, 2006 at 2:54 pm Leave a comment

२३ जुलाई २००६ आईतवारको दिन लिम्वुवान राष्ट्रिय मञ्चको तत्वावधानमा संविधान सभाको चुनाव-संविधान निर्माण – संघात्मक शासन व्यवस्था र हाम्रो अवधारणाहरु शिर्षमा हङकङ जोर्डन स्थित गर्ल्स गाईड एशोसिएशनको एक सभा कक्षामा गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीको सभापतित्व मञ्चको संयोजक दिल पालुङवाले गर्नुभएको थियो । अथिती जनजाती महासंघ हङकङको महासचिव भुपेन्द्र चेम्जोङ रहनु भएको थियो भने सञ्चालन मञ्चको अर्थ प्रमुख एन पी पन्धाकले गर्नु भएको थियो ।
संयोजक दिल पालुङवावाट प्रस्तुत कार्यपत्र माथि वुद्धिजिवी जनजाती नेता रामकाजी र्राई, वुद्धिजिवी तथा ताप्लेजुङ समाज हङकङका अध्यक्ष विजय विक्रम लिङदेन , जनजाती महासंघका महासचिव भुपेन्द्र चेम्जोङले आआफ्नो तवरवाट सशक्त कुराहरु राखेका थिए । सवैले लिम्वुवान राष्ट्रिय मञ्चले राखेका सवालहरु समय सापेक्ष भएको र संघात्मक शासन व्यवस्था आजको आवश्यकता रहेको वताएका थिए । यसको लागि मञ्चले प्रचार प्रसार अभियानलाई ति व्रताको साथ अघि वढाउदै जनतालाई सुसूचित गर्दै लैजानु पर्ने आवश्यकता औल्याएका थिए । वर्तमान घडि जनजातिहरुको लागि सुवर्ण अवसर भएकोले सम्पूर्ण जनजातिहरु सशक्त ढंगले अघि वढ्नुपर्ने कुरा औल्याएका थिए ।
गोष्ठीमा लिम्वुवान राष्ट्रिय मञ्चले उठाएको आत्मा निर्णय समावेशी वहुदलीय संघीयवाद को धारमाथि पनि व्यापक छलफल भएको थियो । भुपेन्द्र चेम्जोङले राष्ट्रियतामा आच नआउने प्रकारको अवधारणा अघि सारेर जानु पर्ने सवालमा जोड दिनु भएको थियो । त्यस्तै विजय विक्रम लिङदेनले संघात्मक धारलाई उच्च महत्वको साथ अघि वढाउनु पर्ने सवालमा जोड दिनुभएको थियो । रामकाजी र्राईले जनजातिहरुको मूख्य शत्रु राजावाद तथा वाहुनवाद हो । यो दुइटावादको कुराको पहिचान गरी यसको समाप्ती पछि मात्र जनजातिहरुले राज्यमा आफ्नो हैसियत भएको महशुस गर्न पाउनेछन नत्र हिजो-आज जस्तो थियो भोलि पनि परिवर्तन नहुने वताउनु भयो । कार्यपत्र प्रस्तोता तथा मञ्चको संयोजक दिल पालुङवाले टिप्पणी कर्ताहरुको जवाफहरु दिदैं वर्तमान राजनैतिक तवरवाट जनजातिहरुको माग संघात्मक शासनव्यवस्था पुरा हुनुपर्दछ भन्ने पहिलो शर्त हो भने दोस्रो विकल्प भनेको संघीय लिम्वुवान राज्य स्थापना नहुइन्जेल सम्मको लर्डाई भएको जानकारी गराउनुभयो। साथै सम्पूर्ण जनजातिहरुलाई गोलवन्द हुन आव्हान गर्दै मोर्चा वनाएर अघि वढेमा वर्तमान अवस्थामानै पनि हाम्रो उद्धेश्य पुरा हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।

Entry filed under: लिम्वुवानका गतिविधी.

संघीय लिम्वुवान राज्यको विषयमा वृहत छलफल विचार गोष्ठी

Leave a comment

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Calendar

August 2006
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Most Recent Posts