लिम्वुवान सिमाना सम्वन्धी हङकङ घोषणा जारी
October 6, 2007 at 12:52 am Leave a comment
२३ सेप्टेम्वर २००७ मा लिम्वुवान राष्ट्रिय मोर्चाद्वारा आयोजित लिम्वुवान सिमा सम्वन्धी जानकारी तथा वृहत छलफल कार्यक्रममा लिम्वुवानवासी विचमा भएको वृहत छलफल कार्यक्रमले छलफल पश्चात लिम्वुवानको सिमा सम्वन्धी एक वुंदे हङकङ घोषणा जारी गरेको छ । सो वमोजिम लिम्वुवानको सिमाना निम्न उल्लेख छः
१) लिम्वुवान को पूर्वमा मेची नदी, पश्चिममा सिस्वा/संखुवा खोला अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत विचको नेपालको ९ जिल्लाहरु १) ताप्लेजुङ २) पानथर ३) इलाम ४) झापा ५) संखुवासभा ६) तेरथुम ७) धनकुटा ८) सुनसरी ९) मोरङ क्षेत्र ऐतिहासिक आधारमा लिम्वुवान भएकोले लिम्वुवान स्वायत्त राज्य हुंदा उक्त उल्लेखित क्षेत्र लिम्वुवान राज्य भनिनु पर्छ ।
उक्त क्षेत्रमा कुनै पनि हालतमा मासुको विलो वा“डेको जस्तो लिम्वुवानलाई विभक्त गरिनु हुदैन । यदि कसैले त्यस्तो कार्य गरेमा लिरामो चुप लागेर नवस्ने धारणा पनि राखिएको थियो ।उक्त छलफलमा इतिहासमा तर्राई क्षेत्रमा कहिल्यै पनि कोचिलाको प्रसंग नआएको र वि.सं. १८३१ मा लिम्वुवान गोर्खाको सह-राज्यमा रहेको अवस्थामा तर्राई सवै लिम्वुवान राज्यको रुपमानै गोर्खँमा समावेश भएको अर्थात कुनै कोचिला राज्य गोर्खामा प्रवेश भएको इतिहास देखिदैन । यो कोचीला भर्खरै आएको शव्द हो र यो लिम्वुवानलाई कमजोर वनाउने गम्भिर षडयन्त्र हो र लिम्वुवानको इतिहास विगार्न ल्याईएको उपजको रुपमा छलफलले निश्कर्ष निकालेको छ । तसर्थ यस सवालमा लिरामो आफ्नो मातृ रक्षाको लागि सदैव ढाल भएर अग्रपंत्तिमा रहने कुरा आएको थियो । यर्सथ सरकार र पार्टीहरुले लिम्वुवानको वास्तविकतालाई ख्याल नगरी कार्य नगर्न र श्रीलङका नवनाउन चेतावनी दिईएको थियो । यस कार्यक्रममा सिमाना सम्वन्धी कार्यपत्र मोर्चाको महासचिव अविचन्द्र र् इङनामले गर्नु भएको थियो भने अध्यक्षता अध्यक्ष दिल पालुङवा लिम्वु, सञ्चालन सचिव सुरेश सुव्वा र स्वागत मन्तव्य सदस्य एन.पी. पन्धाकले गर्नुभएको थियो ।अध्यक्ष दिल पालुङवा लिम्वुले घोषणा गरेको उक्त हङकङ घोषणामा लिम्वुवान विकास परिषदको प्रतिनिधी देवेन्द्र सेर्मा, किरात याक्थुङ चुम्लुङका सचिव ज्ञानु मेन्याङवो र जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, तेरथुम हङकङ मञ्चका अध्यक्ष दिल फोम्वो, पत्रकार किसान र्राई, पत्रकार साहित्यकार प्रदिप कन्दङवा, नर कुमारी लिम्वु लगायतले हस्ताक्षर गरेका थिए ।वर्तमान परिवेशलाई हेर्ने हो भने विश्वभरका लिम्वु तथा लिम्वुवानवासीहरुको उभार दिनप्रतिदिन यति वढ्दैजादैछकि लिम्वुवानमा निकट दिनमा आन्दोलनको विशाल ज्वारभाटा उठ्ने सम्भावनालाई नकार्न सकिदैन । यसको लागि सरकारले सचेत तथा संवेदनशिल भएर कार्य गर्नुपर्ने देखिन्छ ।
Entry filed under: 1. Tags: .
Trackback this post | Subscribe to the comments via RSS Feed