लिम्वुवान राष्ट्रिय मोर्चा -लिरामो – को घोषणा पत्र जारी
May 23, 2007 at 2:10 am Leave a comment
२० मे २००७ आईतवारको दिन याउमा तेइ कम्युनिटी सेन्टर हङकङको सभाकक्षमा लिम्वुवान राष्ट्रिय मञ्च-लिराम द्वारा संविधान सभाको चुनावमा लिम्वुवानवासीहरुको भूमिका र लिम्वुवान राष्ट्रिय मञ्च-लिराम को घोषणा पत्र घोषणा सभा शिर्ष सम्वन्धमा एक कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा मञ्चको संयोजक दिल पालुङवा लिम्वुले लिम्वुवान राष्ट्रिय मञ्च-लिराम) लिम्वुवान राष्ट्रिय मोर्चा -लिरामो)मा परिणतभै लिरामोको घोषणा पत्र जारी गर्नु भएको थियो । घोषणा पत्र अनुसार पूर्वमा मेची, पश्चिममा संखुवा अरुण तथा सप्तकोशी,उत्तरमा तिव्वत र दक्षिणमा भारत यती चार किल्ला भित्रको भूमि अर्थात ताप्लेजुङ, पानथर,इलाम,झापा, संखुवासभा,तेरथुम,धनकुटा,सुनसरी र मोरङ सम्पूर्ण ९ जिल्ला ऐतिहासिक लिम्वुवान भएको र यही ऐतिहासिक आधारमा लिम्वुवान स्वायत्त राज्य घोषणा गरिनु पर्ने,यदि सो कार्य सत्ताधारी वर्गवाट ससम्मान नभएमा चरणवद्ध कार्यक्रमको साथै सशस्त्र आन्दोलन गर्न आवश्यक पर्ने कुरा रहेको उल्लेख गरिएको छ । लिरामोको अनुसार लिम्वुवान र तत्कालिन गोर्खाविचमा वि.सं १८३१ मा स्वायत्त सम्वन्धी सन्धी भएको र उक्त सन्धी वि.सं.२०२१ मा महेन्द्रद्वारा तथाकथित भूमिसुधार लागु गरी एकतर्फी ढंगले सन्धी खारेजीको नाटक रचिएको थियो । उक्त कुरालाई लिरामोले पूनस्थापना हुनुपर्ने कुरामा जोड दिएको छ ।उक्त कार्यक्रममा लिरामोको सचिव अविचन्द्र इङनामवाट अव नेपालमा हुन गईरहेको संविधान सभाको चुनावमा लिम्वुवानवासीहरुले लिम्वुवान स्वायत्त राज्यको वकालत गर्ने पक्षलाई सर्पोट गर्नु पर्ने वताउनु भएको थियो ।त्यस्तै कार्यक्रमको प्रमुख अथिती जनजाति महासंघको महासचिव भूपेन्द्र चेम्जोङले लिम्वुवान त्यहांको आदिवासी लिम्वुहरुको हो र उनीहरुले आफ्नो भूमिको शासन गर्न पाउनु पर्छ भन्नुभयो । अर्का अथिती किरात याक्थुङ चुम्लुङ हङकङको सचिव ज्ञानु मेन्याङवो लगायत लिम्वु थरीय समाजको प्रतिनिधीहरुको सहभागिता र उहाहरुवाट पनि सकारात्मक अवधारणा आएको थियो । सवैवाट जसरी भए पनि लिम्वुवान पूनस्थापना गरेरै छाड्नुपर्ने अवधारणा आएको थियो ।यस कार्यक्रमको अध्यक्षता मोर्चाको संयोजक दिल पालुङवा लिम्वुवाट भएको थियो भने सञ्चालन र स्वागत मन्तव्य क्रमश सदस्य डि.वी. पालुङवा र नवराज काम्वाङले गर्नुभएको थियो ।
Entry filed under: Uncategorized. Tags: .
Trackback this post | Subscribe to the comments via RSS Feed