लिराम र माओवादी नेताविच स्वायत्त लिम्वुवान राज्य सम्वन्धी छलफल
February 23, 2007 at 2:42 am Leave a comment
हङकङ- १२ फेव्रुवरी २००७ सोमवार वेलुका हङकङ वर्कस युनियनको कार्याकक्ष काउलुन जोर्डनमा लिम्वुवान राष्ट्रिय मञ्च-लिराम) को आयोजनामा लिम्वुवान स्वायत्त राज्य शिर्षमा लिम्वुवान राष्ट्रिय मञ्च र नेपालवाट आउनु भएका माओवादी द्वय नेताहरु देव गुरुङ -सदस्य माओवादी केन्द्रीय कमिटी) र जयपुरी र्घर्ती मगर-अध्यक्ष अखिल नेपाल क्रान्तिकारी महिला संघ) विच छलफल सम्पन्न भयो । लिम्वुवान राष्ट्रिय मञ्चको सचिव अविचन्द्र इङनामको सञ्चालन तथा सदस्य मदन कन्दङवाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सभापतित्व मञ्चको संयोजक दिल पालुङवा लिम्वुले गर्नुभएको थियो । प्रमुख अथितीको रुपमा नेता देव गुरुङ र अथितिमा जयपुरी र्घर्ती मगर र नेपाली जनअधिकार सरोकार मञ्च हङकङको अध्यक्ष मंगलवावु माल्वुल रहनु भएको थियो ।लोकतान्त्रिक आन्दोलनमा शाहदात प्राप्त गर्नुहुने ज्ञात अज्ञात शहिदप्रति एक मिनेट मौन धारणा गरिए पश्चात मञ्चको संयोजक दिल पालुङवा लिम्वुवाट प्रमुख अथिती तथा माओवादी के क नेता देव गुरुङलाई माओवादीद्वरा प्रस्तावित किरात राज्य नभै स्वायत्त लिम्वुवान राज्य सवाल सम्वन्धमा प्राचिन कालदेखि लिम्वुवान र खम्वुवान राज्यको आधार छुट्टाछुट्टै भएको र लिम्वुवानको सवालमा पृथ्वीनारायण शाहा गोर्खा र लिम्वुवान राज्य विच गरिएको वि सं १८३१ को विशेष सम्झौता लालमोहरको कपी सहितको सुझाव-पत्र प्रदान गरएकिो थियो । साथै संयोजकवाट प्रस्तावित किरात राज्यको कारण लिराम लगायत लिम्वुवानवादीहरुको कडा विमती रहेको जाहेर गर्दै विभिन्न समयमा माओवादी नेताहरु जस्तो वादल र गोपाल खम्वुले लिम्वुवानवादी मञ्च या लिम्वुवानवादीहरुलाई कहिले राजावादी त कहिले डलरले चलेको जस्ता आधारहिन आरोप लगाउने कुराले दुखित तुल्याएको र यस्ता कुराहरु सच्याउन आग्रह गर्नुभएको थियो । त्यस्तै गरेर आउदो दिनमा माओवादीद्वारा प्रस्तावित किरात राज्यलाई संसोधन गरी लिम्वुवान र खम्वुवान स्वायत्त राज्यको स्वरुप तय गर्न आग्रह गरि लिम्वुवान र खम्वुवानवादीहरुको भावनाको कदर गर्न आग्रह गरिएको थियो । यदि त्यस्तो प्रकारको स्वरुप आउन नसकेमा माओवादीहरुकोझैं सानो समुहवाट उव्जेको सशस्त्र तथा वृहत द्धन्द्ध आउन सक्ने कुरालाई नकार्न नमिल्ने कुरा व्यक्त गरिएको थियो । संयोजकद्वारा लिरामको पनि मूख्य शत्रु राजतन्त्र र सामन्ती वाहुनवाद भएकोले उक्त कुरा निर्मूल वनाई लोकतान्त्रिक संघीय गणतन्त्र स्थापनाको लागि माओवादी लगायत गणतान्त्रिक शक्तिहरुसंग एकाकार भएर कार्य गर्न सकिने जानकारी गराउनु भएको थियो । कार्यक्रमको अन्त्यतिर उपस्थित जनसमुदायवाट आफना जिज्ञासा राखिएको थियो । यसमा टंक चोङवाङ र् इन्द्र वनेम लिम्वु ,प्रदिप कन्दङवा,पत्रकार किसान र्राई,कृष्ण लावती लगायतले जिज्ञासा राखेका थिए । जिज्ञासाहरु स्वायत्त लिम्वुवान राज्य सम्वन्धी र नयां राष्ट्रिय गान,गाई,वि सं, प्रतिक चिन्हहरु,गणतन्त्र आउन सक्ने स्थिती तथा माओवादीहरुको भावी कार्यनिति तथा रणनितीको साथै मधेसी तथा जनजातिहरुको आन्दोलनको वारेमा केन्द्रीत थियो ।माथि उल्लेखित सवै सवालहरुको जवाफ दिदै माओवादी नेता देव गुरुङले किरात प्रदेशको सम्वन्धमा केन्द्रीय स्तरवाट नभई तल्लोतहवाटनै प्रस्ताव आएको खुलासा गर्नुभयो । त्यस्तै गरेर यो अन्तिम प्रस्ताव नभएको र अझै व्यापक छलफल गरेर लिम्वुवान र खम्वुवानको अवधारणा ल्याउन सकिने वताउनुभयो । त्यस्तै गरेर अन्य जाति क्षेत्रको वारेमा पनि सही अवधारणा ल्याउने र त्यसको लागि जनताको विचार अनुसार कार्य गर्न सकिने वताउनु भयो । छलफलकै क्रममा उहाले र्सवप्रथम गणतन्त्र स्थापनामा जोड दिनको लागि सवैसंग आग्रह गर्दै गणतन्त्र स्थापना पश्चात मात्र हाम्रो चाहना मुताविक कार्य गर्न सकिने जानकारी गर्नुभयो ।
Entry filed under: Uncategorized. Tags: .
Trackback this post | Subscribe to the comments via RSS Feed