Archive for December 8, 2006
१२ डिसेम्वरमा लिम्वुवान बन्द हुने
माओवादी र सात दलको शान्ति शिखर वार्ताले देशको पुनः संरचना गरी संघात्मक शासन व्यवस्था सम्वन्धी कुनै पनि कुराहरु नल्याएको बिरोधमा आगामी १२ डिसेम्बर लिम्बुवान क्षेत्र बन्द गरिने भएको छ। आदिवासी जनजातिहरु, मधेशीहरुको सवालमा सत्ताधारीहरुले संघीय राज्यको अवधारणा ल्याउन र स्वायत्त लिम्वुवान राज्यको घोषणा गर्न दवाव स्वरुप १२ डिसेम्वर २००६ मा लोकतान्त्रिक राष्ट्रिय मञ्च अर्न्तर्गतको लिम्वुवान राज्य परिषदको संयोजकत्वमा लिम्वुवान स्वायत्त सरोकार मञ्च तथा लिम्वुवान राष्ट्रिय मञ्च लगायत लिम्वुवानवादीहरुको समन्वय तथा ऐक्यवद्वतामा पूर्वी नेपालको अरुण पूर्व र मेची पश्चिमको भूभाग ताप्लेजुङ, पानथर, इलाम, झापा, संखुवासभा, तेरथुम, धनकुटा, सुनसरी र मोरङ गरी नौ जिल्लामा अवस्थित लिम्वुवान वन्दको आयोजना गरिने भएको छ।लिम्वुवान राष्ट्रिय मञ्चका संयोजक दिल पालुङवा लिम्वुका अनुसार बन्दको प्रभाव सरकारमा कतिको पर्छ? सो हेरी आवश्यकता अनुसार चरणवद्व रुपमा ३६ घण्टे हुदै अनिश्चितकालीन सशक्त आन्दोलन जारी रहने बताइएको छ।