लीरामको लिम्वुवान राज्य सम्वन्धी छलफल कार्यक्रम

November 15, 2006 at 1:22 am Leave a comment

हङकङ १२ नोभेम्वर २००६ को दिन लिम्वुवान राष्ट्रिय मञ्च हङकङको तत्वावधानमा लिम्वुवानको गतिविधी र लिरामको भूमिका विषयमा एक वृहत कार्यक्रम काउलुन जोर्डन स्थित एक रेस्टुरेण्टमा सम्पन्न भएको थियो । कार्यक्रम लिरामको संयोजक दिल पालुङवा लिम्वुको सभापतित्वमा र संचालन मञ्चको सदस्य सुरेस सुव्वाले गर्नुभएको थियो ।

अधिकांश सहभागिहरुले माओवादिहरुको किरात प्रदेशको सवालमा विमती जाहेर गरेका थिए । लिम्वुवानको आफनो राज्य सम्वन्धी छुट्टै ऐतिहासिक आधार भएकोमा कसैले पनि लिम्वुवानको सवालमा नेगेटिभ कुरा गर्न नहुने र नसक्ने वताएका थिए । सरकारले पनि लिम्वुवान स्वायत्तको लागि सकरात्मक सोच राख्दैन भने त्यो भन्दा माथिल्लो स्तरको माग लिएर अघि वढ्नुपर्ने राय व्यत्त गरेकाथिए ।

त्यस्तै गरी लिरामको संयोजक दिल पालुङवा लिम्वुले माओवादी र सात दल विच भएको समझदारीमा सम्वन्धित पक्षले ऐतिहासिक कार्य भएको भनिएता पनि आदिवासी जनजातिहरु तथा संघीय अवधारणाको सवालमा स्पस्ट रुपमा कार्यक्रम ल्याउन नसकेको र राजालाई वचाउने चाल गरिएकोमा असहमति तथा घोर आपत्ति जनाउनुभएको थियो । त्यस्तै गरी लिम्वुवानको सवालमा सात दलले कुनै पनि कार्यक्रम नल्याएको र माओवादीहरुले लिम्वुवानको अस्तित्व नामेट पार्न कोशिस गरेको तथा माओवादी नेताहरु वादल र गोपाल खम्वुले लिम्वु तथा लिम्वुवानलाई इतिहासले क्षमा नगर्ने गरी लिम्वु लिम्वुवान मामिलामा खुलेर लागेकोमा लिम्वु तथा लिम्वुवानले पनि यस्तो कुराहरुको सशत्त ढंगले प्रतिकार गर्दै लिम्वुवान राज्य प्राप्तिको सवालमा एकजुट भएर लाग्न आव्हान गर्नुभएको थियो । स्मरण रहोस वादल र खम्वुले लिम्वुहरुलाई दरवारीया,जर्नेलहरुले चलाएको विदेशी संस्था तथा डलरले चलाएको वताएका थिए भने खम्वु अझ अगाडि वढ्दै लिम्वुहरुलाई किराती भन्ने अधिकार हुदैन यदि लिम्वुले लिम्वुवान चाहन्छन भने भनेका थिए । साथै दल माओवादीहरुको यस्तै प्रकारको रवैया हो भने आवश्यक परेमा संविधान सभा लगायतको लिम्वुवान विरोधी कार्यहरुमा दलहरु तथा भावी सरकारको काम कार्वाहीको वहिस्कार गर्दै क्रान्ति गर्न तयार हुनपर्ने वताउनु भयो । जनजाति महासंघ हङकङको महासचिव भुपेन्द्र चेम्जोङले पहिलेझैं अहिले पनि दलहरुले जनजातिहरुलाई धोका दिएको वताउनु हुदै सम्पूर्ण जनजातिहरु एक भै दलहरुलाई दवाव दिनुपर्ने वताउनुभयो । कार्यक्रममा वीर वहादुर येङदेन,दिल फोम्वो,ज्ञानु मेन्याङवो आदिले आ आफनो धारणा राख्नुभएको थियो ।

Entry filed under: लिम्वुवानका गतिविधी. Tags: .

स्वायक्त सम्पन्न लिम्वुवान राज्य सम्वन्धमा पठाएको चिट्टी र वुदाहरु १२ डिसेम्वरमा लिम्वुवान बन्द हुने

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Trackback this post  |  Subscribe to the comments via RSS Feed


Calendar

November 2006
M T W T F S S
« Sep   Dec »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Most Recent Posts


Follow

Get every new post delivered to your Inbox.