स्वायक्त सम्पन्न लिम्वुवान राज्य सम्वन्धमा पठाएको चिट्टी र वुदाहरु
September 12, 2006 at 1:51 am Leave a comment
श्रीमान भक्तराज कन्दङवा ज्यु मिती – २३ अगस्ट २००६
अध्यक्ष
किरात राष्ट्रिय मुक्ति मोर्चा
तथा मोर्चाको नेताहरु गोपाल किराती
श्री जवेगु तथा मोर्चामा आवद्ध नेताहरु
साथै माओवादी पार्टीको अध्यक्ष प्रचण्ड,वरिष्ठ नेताहरु डा वावुराम भट्टर्राई
वादल लगायत अन्य वरिष्ठ क्रमका नेताहरु तथा यस महाधिवेहनमा उपस्थित
सम्पूर्ण न्याप्रेमी प्रतिनिधी पर्यवेक्षक ज्यूहरु
लिम्वुवान राष्ट्रिय मञ्चको तर्फाट हार्दिक न्यानोअविवादन तथा सेवारो ।
विषय – स्वायक्त सम्पन्न लिम्वुवान राज्य सम्वन्धमा ।
महोदय,
उपरोक्त सम्वन्धमा माओवादी पार्टीको कार्यक्रमहरु जनमुखी ,जनवादी ,तथा समाजवादी भएको हामीलाई महशुस भएको छ । अर्को कुरा यहाँहरुको त्याग तथा दर्विलो नितीको कारण आज देशले जातिय स्वायक्तता , आत्मानिर्णयको अधिकार तथा संविधान सभाको कुराहरु गर्ने मौका पाएको छ । यस कार्यको लागि तपाईहरुलाई हार्दिक धन्यवाद दिनैपर्छ । तपाईहरुको कारण देशले काँचुली फेर्ने सम्भावना प्रवल भएर आएको छ । यसै सवालमा भन्नुपर्दा लिम्वुवान राष्ट्रिय मञ्चले तपाईहरुमाथि स्वायक्त सम्पन्न लिम्वुवान राज्य स्थापनामाथि धेरै भरोषा राखेको थियो । तर तपाईहरुको राज्यको पून संरचना प्रस्तावनामा नेपालको इतिहास देखिकै सह- राज्यको रुपमा रहेको लिम्वुवान राज्य उल्लेख भएको नदेख्दा धेरै अचम्म लागेको छ । यहाँ तपाईहरुवाट इतिहासमा एकपल्ट ठूलो गल्ती भएको हामीले महशुस गरेको छौं । त्यसैले हामी अनुरोध गर्दछौं कि यो महाधिवेशनवाट लिम्वुवानको सवालमा तपाईहरु फराकिलो भैदिनुहोस । भोलि अवश्य हुने लिम्वुवानको वि द्रोहलाई आजै समाधान गरिदिनुहोस । सामन्तीवादी सोच फुटाउ र राज गर सिद्धान्तवाट माथि उठिदिनुहोस् । लिम्वुवानको इतिहास, भावना तथा आत्मानिर्णयको अधिकार सुनिश्चित रहेको कुरा नविर्सिदिनुहोस् । त्यसको लागि लिम्वुवानले तपाईहरुलाई साथ नदिने कुरै आउदैन । अन्त्यमा लिम्वुवानको सवालमा भएको गल्तीलाई सच्याउदै तपाईहरुको महान अभियान सफलहोस् ।
।।सेवारो।।
भवदीय
अविचन्द्र इङनाम लिम्वु दिल वहादुर पालुङवा लिम्वु
सदस्य-सचिव संयोजक
लिम्वुवान राष्ट्रिय मञ्च लिम्वुवान राष्ट्रिय मञ्च
………………………………………………………………………………………………………………………………
किरात स्वायक्त प्रदेश अमान्य
==========================
१। यो किरात स्वायत्त प्रदेश त्रुटीपूर्ण र पुर्वाग्रहपूर्ण देखिन्छ । किनकी यसमा लिम्वुवान जस्तो
विशिष्ट मौलिक पहिचान वोकेको क्षेत्रलाई माओवादी पार्टीले स्वायक्त राज्य नछुट्याउनुनै
सवभन्दा ठूलो गल्ती भएको छ ।
२। किरात स्वायक्त भित्र लिम्वुवान ,खम्वुवान र सुनुवारल्याण्ड छुट्याईनु पर्ने हुँदा
विभिन्न सवालहरुमा विभेद उत्पन्न हुनेछ ।
३। लिम्वुवान राज्य इतिहासदेखिनै सञ्चालनमा रहेको यथार्थ घाम जतिकै र्छलङग
हुदाहुदै लिम्वुवानको अस्तित्व नराखिएकोले आपत्ति जनाइएको छ ।
४। सिङगो किरात राज्यमा लिम्वुवानको विशिष्ट पहिचान अनुसार संसारको सवभन्दा
पुरानो मानिएको लिम्वु भाषा , याक्थुङ संस्कृति ,मुन्धुम आदिको मान्यता सम्पूर्ण
किरात भूमिले नस्विकार्न सक्छ । त्यस्तै खम्वुवान लगायतको विभिन्न पक्षहरु
लिम्वुवानले मान्यता दिने सवालनै आउने नहुँदा एकापसमा द्वन्द्वपूर्ण स्थिती हुनेछ ।
यसले वेस्ट वंगाल र दार्जिलिङको क्रान्तीलाई माथ गर्न सक्नेछ ।
५। लिम्वुवान क्षेत्रको र्सवागिंण विकासमा वाधा पर्नेछ ।
६। लिम्वुजाति तथा राज्यले आत्मानिर्णयको अधिकार र प्याटेण्ट र्राईटको अधिकारवाट
वञ्चित हुनुपर्नेछ ।
७। लिम्वुवान , खम्वुवान र अन्य क्षेत्रसंग विविध सवालमा टेक्निकल तालमेल
नमिल्नाले व्यापक असर पर्नेछ ।
८। विविध असरहरु पर्नेछन ।
………………………………………………………………………………………………………………………………
लिम्वुवान स्वायत्ततानै किन <
================१। ऐतिहासिक लिम्वुवान राज्यको पृष्ठभूमिको आधारमाः
क। छैटौं शताव्दीमा स्थापित लिम्वुवान राज्य अठारौं शताव्दीसम्म स्वतन्त्र र्सार्वभौम
सम्पन्न लिम्वुवान राज्यको रुपमा सञ्चालित ।
ख। उन्नाईसौं शताव्दी या वि सं १८३१ देखि वि सं २०२१ सम्म नेपालको सह-
राज्यको रुपमा लिम्वुवान राज्य सञ्चालित तथा वि सं २०४६ सम्म अस्तित्व
कायम रहेको ।
२। भाषा तथा जातिगत विशिष्टता भएको ।
३।क्षेत्रीय विशिष्टता भएको ।
४। आदिवासी जनजाति लिम्वुहरुको आत्मानिर्णयको कारण ।
५। मुन्धुमी ज्ञान – प्रभाव तथा लिम्वु पूर्खाहरुको उत्पत्ति स्थल मानिएको कारण ।
६। सेन वंश , शाहा राजाहरु र लिम्वुवान विचको सन्धी सम्झौता तथा
लालमोहरहरुको आधारमा ।
७। लिम्वुवान राज्यको लागि विगतदेखि पूर्खाहरुले लडेको विरासतको आधारमा ।
८। थुमीय संघ व्यवस्थामा आधारित लोकतान्त्रिक गणतान्त्रिक प्राचिन लिम्वुवान
राज्यको आधारमा ।
।।सेवारो ।।
Entry filed under: लिम्वुवानका गतिविधी. Tags: .
Trackback this post | Subscribe to the comments via RSS Feed