Archive for August, 2006
लिम्वूवान राष्ट्रिय मञ्चले अन्तरिम मस्यौदा समितीलाई वुझाएको सुझावहरु
मिती – ३१ अगस्ट २००६
श्रीमान संयोजक ज्यू, अन्तरिम संविधान तयारी समिती ।
विषयः सुझाव पेश गरिएको सम्वन्धमा । (more…)
लिम्वुवान राष्ट्रिय मञ्चद्वारा गोष्ठी सम्पन्न
२३ जुलाई २००६ आईतवारको दिन लिम्वुवान राष्ट्रिय मञ्चको तत्वावधानमा संविधान सभाको चुनाव-संविधान निर्माण – संघात्मक शासन व्यवस्था र हाम्रो अवधारणाहरु शिर्षमा हङकङ जोर्डन स्थित गर्ल्स गाईड एशोसिएशनको एक सभा कक्षामा गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीको सभापतित्व मञ्चको संयोजक दिल पालुङवाले गर्नुभएको थियो । अथिती जनजाती महासंघ हङकङको महासचिव भुपेन्द्र चेम्जोङ रहनु भएको थियो भने सञ्चालन मञ्चको अर्थ प्रमुख एन पी पन्धाकले गर्नु भएको थियो ।
संयोजक दिल पालुङवावाट प्रस्तुत कार्यपत्र माथि वुद्धिजिवी जनजाती नेता रामकाजी र्राई, वुद्धिजिवी तथा ताप्लेजुङ समाज हङकङका अध्यक्ष विजय विक्रम लिङदेन , जनजाती महासंघका महासचिव भुपेन्द्र चेम्जोङले आआफ्नो तवरवाट सशक्त कुराहरु राखेका थिए । सवैले लिम्वुवान राष्ट्रिय मञ्चले राखेका सवालहरु समय सापेक्ष भएको र संघात्मक शासन व्यवस्था आजको आवश्यकता रहेको वताएका थिए । यसको लागि मञ्चले प्रचार प्रसार अभियानलाई ति व्रताको साथ अघि वढाउदै जनतालाई सुसूचित गर्दै लैजानु पर्ने आवश्यकता औल्याएका थिए । वर्तमान घडि जनजातिहरुको लागि सुवर्ण अवसर भएकोले सम्पूर्ण जनजातिहरु सशक्त ढंगले अघि वढ्नुपर्ने कुरा औल्याएका थिए ।
गोष्ठीमा लिम्वुवान राष्ट्रिय मञ्चले उठाएको आत्मा निर्णय समावेशी वहुदलीय संघीयवाद को धारमाथि पनि व्यापक छलफल भएको थियो । भुपेन्द्र चेम्जोङले राष्ट्रियतामा आच नआउने प्रकारको अवधारणा अघि सारेर जानु पर्ने सवालमा जोड दिनु भएको थियो । त्यस्तै विजय विक्रम लिङदेनले संघात्मक धारलाई उच्च महत्वको साथ अघि वढाउनु पर्ने सवालमा जोड दिनुभएको थियो । रामकाजी र्राईले जनजातिहरुको मूख्य शत्रु राजावाद तथा वाहुनवाद हो । यो दुइटावादको कुराको पहिचान गरी यसको समाप्ती पछि मात्र जनजातिहरुले राज्यमा आफ्नो हैसियत भएको महशुस गर्न पाउनेछन नत्र हिजो-आज जस्तो थियो भोलि पनि परिवर्तन नहुने वताउनु भयो । कार्यपत्र प्रस्तोता तथा मञ्चको संयोजक दिल पालुङवाले टिप्पणी कर्ताहरुको जवाफहरु दिदैं वर्तमान राजनैतिक तवरवाट जनजातिहरुको माग संघात्मक शासनव्यवस्था पुरा हुनुपर्दछ भन्ने पहिलो शर्त हो भने दोस्रो विकल्प भनेको संघीय लिम्वुवान राज्य स्थापना नहुइन्जेल सम्मको लर्डाई भएको जानकारी गराउनुभयो। साथै सम्पूर्ण जनजातिहरुलाई गोलवन्द हुन आव्हान गर्दै मोर्चा वनाएर अघि वढेमा वर्तमान अवस्थामानै पनि हाम्रो उद्धेश्य पुरा हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।
संघीय लिम्वुवान राज्यको विषयमा वृहत छलफल
२८ मे २००६ आईतवारको दिन गल्स गाईड एशोसिएशनको सभाकक्षमा राष्ट्रिय लिम्वुवान मञ्चको तत्वाधानमा “राज्यको पूनसंरचनामा संघात्मक शासन व्यवस्था र लिम्वुवान राज्य” विषयमा एक वृहत सभाको आयोजना गरियो । मञ्चको सदस्य सचिव अविचन्द्र इङ्नामको अध्यक्षतामा सम्पन्न उक्र कार्यक्रममा प्रमुख अथिती जनजाती महासंघ हङकङको महासचिव भुपेन्द्र चेम्जोङ र अतिथीहरुमा किरात याक्थुङ चुम्लुङको अध्यक्ष राज वहादुर चोङवाङ र वुद्धिजिवी र जनमुक्ति पार्टीको केन्द्रीय सदस्य रामकाजी र्राई हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालन मञ्चको सदस्य डम्वर खापुङले गर्नुभएको थियो भने दुइवटा मैनवक्ति प्रमुख अथिती भुपेन्द्र चेम्जोङ र समारोहको अध्यक्ष अविचन्द्र इङनामवाट प्रज्वलन गरी उद्घाटन गरिएको थियो । स्वागत मन्तव्य सदस्य डि वी पालुङ्वाले गर्नुभएको थियो । मन्तव्यको क्रम अगाडि लिम्वुवानको सवाल र वर्तमान २०६३ को लोकतान्त्रिक आन्दोलनमा शाहदात प्राप्त शहिदहरु प्रति सम्मान गर्दै १ मिनेट मौन धारणा गरिएको थियो । वुद्धिजिवी तथा जनमुक्ति पार्टीका नेता रामकाजी र्राईले प्रान्तीय शासन देशमा लागु हुनुपर्ने कुरामा जोड दिनुको साथै लिम्वुवाको वारेमा उर्ठाईएको सवाल सान्दर्भिक भएको वताउनु भयो । यो कुरा जनमुक्ति पार्टीले पहिलदेखिनै उठाएको समेत पनि जानकारी गराउनुभयो । चुम्लुङ अध्यक्ष राज वहादुर चोङवाङले लिम्वुवान स्वायक्तताको कुरा पहिल्यै देखि उठिरहेको र सान्दर्भिक भएको वताउदै कुनै पनि कुराको थालनी गर्दा गन्तव्य र उद्धेश्य प्राप्तीमा पुग्न सकिने सवालमा सचेत भै कार्य गर्नुपर्ने वताउनु भयो । जनजाती महासंघको महासचिव भुपेन्द्र चेम्जोङले जनजातीहरुको सवालमा राज्यले समान हिसावले काम नगरेको र अव गर्नुपर्ने वताउदै लिम्वुवान राज्यको सवालमा आयोजकहरुले स्पस्ट पार्दै वढ्नु पर्ने वताउनुभयो ।मन्तव्यको क्रम पछि मञ्चको संयोजक दिल वहादुर पालुङवाद्वारा छलफलको लागि कार्यपत्र प्रस्तुत गर्नुभयो । जुन कार्य पत्रलाई छलफल पश्चात निचोड निकाली नेपाल सरकार लगायत नेपालको विभिन्न पार्टीहरु ,किरात याक्थुङ चुम्लुङ नेपाल ,जनजाती महासंघ नेपाल ,नागरिक मञ्च ,मानव अधिकारवादी लगायतलाई वुझाउने वताउनुभयो । कार्यपत्र माथि व्यापक छलफल भएको थियो । उपस्थित सवैले लिम्वुवान राष्ट्रिय मञ्चले उठाएका कुराहरु सान्दर्भिक भएको वताएका थिए । यद्धपी यस वारेमा अझ व्यापक छलफल गरी कतिपय वु“दाहरुलाई हटाएर कार्य गर्ने सुझाव प्रदान गरे । मदन कन्दङवा ,देउमान आङवुहाङ,ओमराज सम्वाहाङफे,टंक चोङवाङ ,जीवन मेन्याङवो आदिले सशक्त विचारहरु प्रस्तुत गर्दै प्रस्तोता उपर प्रश्न राखेका थिए । प्रायश सवैले यो मञ्च सामाजिक या राजनितिक प्रश्न गरेका थिए । साथै कतिपयले राजनितिक या अर्ध राजनितिक राख्ने सुझाव पनि पेशेका थिए । दिल पालुङवाले प्रश्न कर्ताहरुको उक्तर दिदै लिम्वुवान मञ्च आज एउटा मञ्च भएता पनि आवश्यकता अनुसार आगामी दिनहरुमा राजनितिक मञ्चको रुपमा रुपान्तरित हुन सक्ने वताउनुभो । साथै नेपालमा पनि यस सवालमा गृहकार्य भैरहेको वताए । उहा“ले अवको राज्य भनेको संघात्मक हुनर्ुपर्छ र यही संघात्मक शासन व्यवस्था अर्न्तर्गत संघीय लिम्वुवान हुनुपर्छ भन्ने कुरामा जोड दिनुभयो । त्यस्तै लिम्वुवानको सवाल वि। सं १८३१ गोर्खाको राजा पृथ्वीलारायण शाह र लिम्वुवान विचको सम्झौता पश्चात नेपालको सह-राज्यको रुपमा रहेको वताउनु भयो । त्यो भन्दा अगाडि छैटौं शताव्दीदेखि लिम्वुवान राज्य स्वतन्त्र रपमा अस्तीत्वमा रहेको जानकारी गराउनु भयो । त्यहा” भन्दा अघि किरात राज्य या नेपाल अर्न्तर्गत रहेको पाइन्छ । यो लिम्वुवान नेपालमा सम्मिलित पछि विभिन्न अवयव सगै वि स.२०४४र ४५ सालतिर नेपाल सरकारको एकतर्फी तवरवाट सन्धी सम्झौता उल्लङ्घन गरियो । यी कुराहरुको उठान संगै वर्तमान अवस्थामा राज्यको पुनसंरचनमा संघात्मक शासन अर्न्तर्गत संघीय लिम्वुवान राज्य लिम्वुवान राष्ट्रिय मञ्चको अवधारणा अर्थात माग भएको खुलासा गर्नुभएको थियो । त्यस्तै प्रश्न कर्ताहरुवाट लिम्वुवानको वारेमा आवाज उठाउने वीर नेम्वाङ अर्थात लिम्वुवान मुक्ति मोर्चा ,माओवादी निकट मानिने भक्तराज कन्दङवा,लाजेशा याक्थुङवा, प्रकास यकसो विचको कुरा पनि उठेको थियो । यस सवालमा पालुङवाले छलफल भैरहेको र आगामी दिनहरुमा अझ व्यापक ढंगले सम्वन्धित पक्षसंग कुरा वढाउने साथै किरात याकथुङ चुम्लुङ लगायत लिम्वुवानको विषयमा आवाज उठाउने शक्तिहरुसंग छलफल तथा कांधमा कांध मिलाउदै अघि वढ्ने वताउनु भयो । त्यसैगरी राजनितिक सम्मेलनमा भाग लिई दक्षिण कोरीयावाट हङकङ आईपग्ने क्रममा नेकपा एमालेको महासचिव माधव कुमार नेपाललाई जून ४ मा एमाले हङकङ समितीद्धारा आयोजित कार्यक्रममा ज्ञापन पत्र वुझाउने उद्घोष गर्नुभएको थियो ।कार्यक्रम अध्यक्ष तथा मञ्चको सदस्य सचिव अविचल्द्र इङ्नामले लिम्वुवानको सवालमा कुरा उठाउने शक्तिहरु सशक्त रुपमा लागेको महशुस नभएकोले यो लिम्वुवान राष्ट्रिय मञ्चको अवधारणा अघि सारिएको वताउदै यस मञ्चमा जो सुकै लिम्वुवानवादीहरु आउन सक्छन । नेतृत्व प्रदान गरेर लिम्वुवानको वारेमा अघि वढ्न सक्छन – उहा
“को कथन थियो । उहा“ले जोड गर्दै भन्नुभयो – हामीले छुट्टै राज्य मागेको होईन , हामीलाई आत्मा निर्णयको अधिकार सहित स्वायक्त सम्पन्न संघीय लिम्वुवान राज्य चाहिएको वताउनुभयो ।लिम्वुवान राष्ट्रिय मञ्चले एमाले महासचिवलाई ज्ञापन – पत्र वुझायो४जून २००६ को दिन एमाले हङकङसमितीद्वारा याउ मा तर्ेइ स्थित कम्युनिटी सेन्टरमा आयोजित कार्यप्रममा लिम्वुवान मञ्चको संयोजक दिल वहादुर पालुङवाले नेकपा एमालेको महासजिव माधव कुमार नेपाललाई राष्ट्रको पूनसंरचनामा संघात्मक शासन व्यवस्था र संघीय लिम्वुवान राज्य सवालको ज्ञापन पत्र वुझाउने कार्य गर्नु भएको थियो ।